काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलन १७ अर्बले बढेको देआएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ २५ गते मंगलबार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ९६ अर्ब निक्षेप संकलन भएको हो । भदौ २४ गते अर्थात् सोमबार भने बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ७९ अर्ब बराबरको निक्षेप संकलन भएको थियो ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि १८ अर्बले बढेको छ । गत भदौ २४ गते ५७ खर्ब ५१ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले २५ गते ५७ खर्ब ६९ अर्ब निक्षेप संकलन गरेका हुन् ।
त्यस्तै, त्यसअवधिमा बैंक तथा वित्तीय संस्थाहरूले गर्ने कर्जा प्रवाहमा भने गिरावट आएको छ । कर्जा प्रवाह ४ अर्बले घटेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ । २४ गते ५२ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २५ गते ५२ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेका छन् ।
यसैगरी, त्यसअवधिमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा पनि ३ अर्बले घटेको छ । २४ गते ४६ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २५ गते ४६ खर्ब १० अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.८० प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको देखाउँछ।
प्रतिक्रिया