उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५० करोड लगानी गर्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी दिएको छ। मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले भदौ २६ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्ने बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब करोड १२ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ , ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७५ करोड रुपैयाँ लगानी गर्न लागेको हो । आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।