यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.९१ रुपैयाँ र बिक्री दर १७६.७० रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.५६ रुपैयाँ र बिक्री दर १४९.२३ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४१ रुपैयाँ र बिक्री दर ८९.८१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ र बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिद दर ३०.९५ रुपैयाँ र बिक्री दर ३१.०९ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

हेर्नुहाेस् कुन देशकाे मुद्राकाे विनिमय दर कति ?