हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर


काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त आह्वान गर्दै केन्द्रिय कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेकाे हाे ।

कम्पनीले एचआर म्यानेजर, लोजीस्टीक्स एण्ड एडमीन म्यानेजर र कम्युनीकेशन एण्ड कस्टोमर सर्भिस अफिसर पदका लागि १/१ जनाका दरले कर्मचारी माग गरेको छ ।

कम्पनीले सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले कम्पनीको आधिकारीक इमेल मार्फत् आवश्यक कागजातसहित असोज ६ गतेभित्र आवेदन दिनुपर्नेछ ।