काठमाडौं – नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशीले पदभार ग्रहण गरेका छन् । दोस्रो कार्यकालका लागि उनले बोर्डको नेतृत्व सम्हालेका हुन् ।
बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेकाे थियाे । जोशीले यसअघि पनि सीईओको रुपमा काम गरिसकेका छन्।
निबर्तमान सीईओ धन्ञ्जय रेग्मी र जोशीबीचको प्रतिस्पर्धामा जोशीले बाजी मारेका हुन्। रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीईओबिहीन थियो।
बोर्ड कार्यकारी समितिको २० भदौमा बसेको बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गर्ने निणर्य गरेको थियो ।



About Us
प्रतिक्रिया