काठमाडाैं – शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकी माता कोलकाताको संयुक्त आयोजनामा भारत, सिकिम तथा नेपालबाट छनोट भएका उत्कृष्ट व्यक्तित्वहरूलाई अवार्ड दिनुका साथै सामाजिक क्षेत्रमा योगदान दिनेहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि कोलकाताका लगि नेपाली नायब महाबारिज्य दूत जनक राज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ अभिनेत्री बिपना थापा, साथै कोलकाताका विभिन्न नेपाली सङ्घ संस्थाका व्यक्तित्व रहेको तिज महोत्सव तथा अवार्ड कार्यक्रममा स्वास्थ्य, शिक्षा, साहित्य, चलचित्र, सङ्गीत ,नृत्य, सामाजिक लगायतका विधाहरूलाई समेटिएको थियो ।
अवार्ड पाउनेमा टोखा निवासी नृत्य निर्देशन तथा मोडेल वेद बहादुर बुढाथोकी (रोशन) रहेका छन् । उनको जन्म ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नंः २ मा भएको थियो । उनले सानै उमेरदेखि यस क्षेत्रमा योगदान दिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी भई थुप्रै सम्मान तथा अवार्ड प्राप्त गर्नुका साथै दर्जनौँ नेपाली लोक ,आधुनिक गीतहरूमा मोडलिङ गरिसकेका बुढाथोकीले धेरै गीतहरूको भिडियो निर्माण निर्देशन समेत गरेका छन् ।

विभिन्न देश विदेशका धेरै स्टेज कार्यक्रमहरूमा आफ्नो नृत्य प्रस्तुति दिएका बुढाथोकी चलचित्र नृत्य सङ्घ ,लोक दोहोरी प्रतिष्ठान लगायतका सङ्घ संस्थामा आबद्ध हुनुहुन्छ । यस्तै काठमाडौंका विभिन्न विद्यालयहरूमा नृत्य शिक्षाको रूपमा कार्यरत छन् ।आगामी दिनहरूमा पनि यसै क्षेत्रमा निरन्तरता दिने उनले बताए ।
गीता आधिकारीले संयोजन रहेको यस कार्यक्रममा नारायण रिजालले उपस्थिति तथा सहयोगी सङ्घ संस्थाहरूलाई धन्यवाद दिँदै नेपाली कला र संस्कृतिलाई बिश्व सामु चिनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । उक्त कार्यक्रममा रोशन बुढाथोकी ,रेणुका रिजाल ,बिनी लिम्बु, प्रतिज्ञा भण्डारी, लगायतको याक नृत्य, सुनुवार तथा राष्ट्रियता झल्काउने नृत्य प्रस्तुति रहेकाे थियाे । साथै, सारिका घिमिरे, सन्तोषी सिंह र सरिता थापा मगरको गायनले स्टेज तताएको थियो।



About Us
प्रतिक्रिया