घट्यो बैंकहरूको आधार दर, कसको कति ?

घट्यो बैंकहरूको आधार दर, कसको कति ?


काठमाडाैं – वाणिज्य बैंकहरूको आधार दर पुनः घटेको छ । साउनको तुलनामा भदौमा औसत ०.२५ प्रतिशतले आधार दर घटेको हो । भदौका लागि औसत आधार दर ७.९२ प्रतिशत भएको छ ।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टड बैंकको छ । यस बैंकको भदौको आधार दर ६.२२ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंककाे रहेको छ । यसको आधार दर ६.६६ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको साउनमा ७.०१ प्रतिशत रहेको आधार दर भदौंमा घटेर ६.६६ प्रतिशत , कृषि विकास बैंकको ८.१८ प्रतिशतबाट घटेर ७.९६ प्रतिशत, नबिल बैंकको ७.६२ बाट घटेर ७.४२ प्रतिशत, एभरेष्ट बैंकको ७.४५ प्रतिशतबाट ७.२९ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ८.०३ बाट ७.७७ प्रतिशत, सिद्धार्थ बैंकको ८.२० प्रतिशतबाट ७.९३ प्रतिशतमा सीमित भएको छ ।

यस्तै, प्रभु बैंक ८.२० प्रतिशतबाट घटेर ७.९५ प्रतिशत, एनएमबी बैंक ८.४२ प्रतिशतबाट ७.९८ प्रतिशत, सिटिजन्स बैंकको ८.५७ प्रतिशतबाट ८.४२ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.२६ प्रतिशतबाट ८ प्रतिशत, नेपाल एसबिआइ बैंकको ८.३० प्रतिशतबाट घटेर ८.११ प्रतिशत कायम भएको छ ।

यसैगरी लक्ष्मी सनराइज बैंकको ८.७० प्रतिशतबाट ८.३९ प्रतिशत, हिमालयन बैंक ८.९१ प्रतिशतबाट ८.५३ प्रतिशत, प्राइम कमर्सियल बैंक ८.७७ प्रतिशतबाट ८.५७ प्रतिशत, कुमारी बैंक ९.२३ प्रतिशतबाट ८.९० प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंक ६.३८ बाट ६.२२ प्रतिशत, एनआइसी एसिया बैंक ९.२४ प्रतिशतबाट ९.२२ प्रतिशत आधार दर कायम भएकाे छ ।