काठमाडौं– सहकारी विभागले सहकारी संस्थाहरुलाई ३ तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले एक सुचना जारी गर्दै यस्तो भनेको हो ।
संसदीय छानबिन समितिबाट माग भई आएकोले विभागको तोकेको ढाँचामा आवश्यक विवरण उपलब्ध गराउन भनेको हो । सहकारी संस्थाको अद्यावधिक विवरण तयार गरी सोको सफ्ट कपी ई–मेलमार्फत र हार्ड कपी संस्थाको अध्यक्ष र व्यवस्थापकले प्रमाणित गरी भदौ २१ गतेभित्र पठाउन निर्देशन दिइएको छ।
प्रतिक्रिया