आईएमई र कमर्स प्लेक्सबीच रेमिट्यान्सका लागि रणनीतिक साझेदारी

आईएमई र कमर्स प्लेक्सबीच रेमिट्यान्सका लागि रणनीतिक साझेदारी


काठमाडौं– आइएमई लिमिटेड तथा कमर्स प्लेक्सबीच रेमिट्यान्स रणनीतिक साझेदारी सम्झौता भएको छ। सम्झौतामा आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलको उपस्थितिमा आईएमईका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्सका व्यवसाय प्रमुख शाहरोज ए खानले हस्ताक्षर गरे।

कमर्स प्लेक्स सीपैसा होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा द्वारा संचालित लाइसेन्स प्राप्त विदेशी मुद्रा सेवा व्यवसायले नेपालको लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक साझेदारीको लागि तयार भएको कम्पनी हो ।

उक्त हस्ताक्षर कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उक्त समारोहमा उपस्थित थिए ।