बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रुडेन्सियल इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले २०७९ बैशाख ११ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ ।
इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले बैशाख ११ गते दियालो लर्डस पर्सा, वीरगञ्जमा दिँउसा १२ः३० बजे वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाले गत आव २०७७।७८ को नाफाबाट प्रस्तावित चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत्र २४ गते बिहीबार एक दिन सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार चैत्र २३ गते बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रस्तावित बोनस सेयर पारितपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा भने घटी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को तुलनामा ८.४२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रतिक्रिया