मुक्तिनाथ विकास बैंकले चापाकोट क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

मुक्तिनाथ विकास बैंकले चापाकोट क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने


काठमाडौं – मुक्तिनाथ विकास बैंकले चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने भएको छ । बैंकले स्याङजा जिल्लाको चापाकोट नगरपालिकाकामा अवस्थित सो क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

यस्तै व्यवहारिक ज्ञानका लागि इन्टर्नशिप गर्ने र बैंकिङ्ग करियरका लागि अवसर प्रदान समेत बैंकले गर्ने भएको छ । क्याम्पससँग भएको सम्झौतापत्र बोजिम वित्तीय साक्षरता र इन्टर्नसिपका कार्यक्रम सञ्चालन गर्ने बैंकले जानकारी दिएको छ ।

उक्त समझ्दारी पत्रमा मुक्तिनाथ विकास बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरे । सम्झौताअनुसार स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशिप, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ ।

मुक्तिनाथ विकासका बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही अवसरहरु प्रदान गर्ने समझदारीको मुख्य उदेश्य रहेको ढकालले बताए । यो समझ्दारी ५ बर्ष अवधिसम्म कायम रहने समेत उनको भनाई छ ।