मातृभूमि लघुवित्तको सीईओमा शर्मा नियुक्त

मातृभूमि लघुवित्तको सीईओमा शर्मा नियुक्त


काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले शर्मालाई सीइओमा नियुक्त गरेकाे हाे ।

शर्मालाई आजदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएकाे छ ।