काठमाडौं – शेयर बजारका चार संघठनहरुले पूँजी बजारकाे व्यापक विस्तारका लागि धेरै सम्भावनाहरू रहेकाे औंल्याएका छन्। नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पुँजी बजारलाई चुस्त पार्दर्शी बनाउन सके अर्थतन्त्रमा ठूलो योग्दान पुग्ने बताएका हुन् ।
‘नेपालको पुँजी बजारको आकार दिनप्रतिदिन बढिरहेको छ र आगामी दिनमा यसको क्षेत्र व्यापक रूपमा विस्तार गर्न सकिने धेरै सम्भावनाहरू छन्। पूँजी बजारलाई चुस्त पारदर्शी एवं पूर्ण व्यावसायिक बनाउन सके यसले अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्छ। छरिएर रहेको पुँजीलाई एकत्रित गरी ‘नेपालको लागि नेपालीकै लगानी’ भन्ने कुराले समेत सार्थकता पाउने थुप्रै आधार र अवसरहरू छन्’ विज्ञप्तिमा भनिएकाे छ ।
साथै, नेप्सेको सिस्टम समेत बलियो बनाउनु पर्ने माग लगानीकर्ता संघठनहरुको माग रहेको छ। ‘पुँजी बजारमा अहिले आएर दैनिक कारोबार रकममा वृद्धि हुँदै आएको छ जसले देशको राजस्व संकलनमा ठूलो योगदान गर्ने निश्चित नै छ। आगामी दिनमा दैनिक रूपमा २० देखि २५ अर्बको कारोबार सामान्य हुने सहजै अनुमान गर्न सकिन्छ। कम्पनीहरूको शेयर जारी गर्दा कम्पनीको नेटवर्थ, लाभांश क्षमता, व्यावसायिक योजना एवं कम्पनीको ग्रोथलाई सूक्ष्म अध्ययन गरी प्राथमिक शेयर निष्कासन गर्ने अनुमति दिनुपर्ने उनीहरुको माग छ ।
प्रतिक्रिया