नबिलले एनबि बैंक गाभ्न राष्ट्र बैंकबाट पायो सैद्धान्तिक स्वीकृति

नबिलले एनबि बैंक गाभ्न राष्ट्र बैंकबाट पायो सैद्धान्तिक स्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको छ । राष्ट्र बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकलाई एनबि बैंक गाभ्न सहमति दिएको हो ।

राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएसँगै अब सम्पूर्ण सम्पति तथा दायित्व (डीडीए) को मूल्यांकन प्रकृया अगाडि बढ्ने छ । सबै काम सकेर ६ महिनाभित्र एकिकृत कारोबार गर्ने तयारीमा नबिल बैंक लागेको छ ।

नबिल बैंकले एनबि बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । नबिलले नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी प्राप्ति गर्न लागेको हो ।

नबिलले एनबि बैंकलाई प्राप्ति गरेपछि बैंकको प्राथमिक पूँजी ४३ अर्ब, चुक्ता पूँजी २२ अर्ब ५० करोड पुग्नेछ ।