नेप्से ५ दशमलव १९ अंकले घट्दा कारोबार रकम २१ अर्ब माथि

नेप्से ५ दशमलव १९ अंकले घट्दा कारोबार रकम २१ अर्ब माथि


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा समान्य करेक्सन देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशलमव २९ अंकले घटेर २७५५.६२ को विन्दुमा बन्द भएको छ। आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।

बिहीबार ३२३ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।