काठमाडौं – साताको चौथो कारोबारको दिन बुधवार शेयर बजारमा हरियाली कायमै रहेको छ । आज कारोबार सुरु भएको १ घण्टा अर्थात् १२ बजेसम्म शेयर बजारमा रौनक कायमै रहेको हाे ।
१२ बजेसम्म १ करोड २७ लाख ८४ हजार ५ सय ११ कित्ता शेयर किनबेच हुँदा ५अर्ब ९३ करोड ७९ लाख २६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेप्से भने ५९.८७ अकंले बढेर २७५६ बिन्दुमा पुगेको छ ।
मंगलबार ३५ दशमलव ५५ अंकले बढेको बजारमा १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
प्रतिक्रिया