काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले रिकभरी अफिसर, ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन अफिसर, ब्रान्च म्यानेजर, र म्यानेजर लगायतका पदमा कर्मचारी मागेको हो ।
बैंकले केन्द्रीय कार्यालय बालुवाटारमा ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन अफिसरका लागि एक जना, साथै काठमाडौं उपत्यकाका विभिन्न शाखा, रूपन्देही र सुर्खेत शाखामा ब्रान्च म्यानेजरको लागि केही संख्यामा कर्मचारी मागेकाे छ ।
साथै, बैंकले रिलेसनसिप अफिसर तथा म्यानेजर पदका लागि पनि केही कर्मचारी माग गरेकाे छ । न्यूनतम शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातक तह र अफिसर लेभलका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेकाे हुनुपर्नेछ। याेग्यता पुगेका इच्छुक नागरिकले साउन २५ गतेसम्म आवेदन सक्नेछन् ।



About Us
प्रतिक्रिया