काठमाडौं – नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप ६४ खर्ब ५३ अर्ब रहेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन ६ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ५३ अर्ब निक्षेप संकलन भएको हो ।
साउन ५ गते ६४ खर्ब ५३ अर्ब संकलन भएको थियो । तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा एक दिनमा ३ अर्बले निक्षेप संकलन घटेको छ। यसैगरी, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि २ अर्बले घटेको छ। असार ५ गते ५७ खर्ब २२ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले ६ गते भने ५७ खर्ब २० अर्ब निक्षेप संकलन गरेका छन् ।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह १ अर्बले घटेको छ। शनिबारसम्म ५१ खर्ब ४१ अर्ब प्रवाह भएकोमा आइतबार ५१ खर्ब ४० अर्ब कर्जा प्रवाह भएको छ।
सो समयावधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा स्थिर रहेका छ । शनिबार ४५ खर्ब ५७ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले आइतबार पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७७.९५ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।



About Us
प्रतिक्रिया