काठमाडौं – अर्थमन्त्रालयका कर्मचारीहरुले कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्न नसकिएको बताएका छन्। मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती र समाधानका उपायबारे अर्थमन्त्री विष्णु पौडेललाई ‘ब्रिफिङ’ गर्ने क्रममा कर्मचारीहरुले बैंकिङ्ग क्षेत्रतर्फ पहिचान भएका समस्यामा कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्न नसक्नु, कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्न चुनौती रहेको बताएका हुन् ।
साथै, कर्मचारीहरुले वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणहरुमा लचकता कायम गर्न नसकिएको, वित्तीय क्षेत्रको नियमन प्रभावकारी हुन नसकेको, वित्तीय सहकारीको नियमन फितलो रहेको लगायतका समस्या बैंकिङ्ग क्षेत्रमा रहेको औँल्याएका छन् ।



About Us
प्रतिक्रिया