आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा छुट्टै ब्यूरो स्थापना गरिने


काठमाडौं – प्रहरीमा वित्तीय अपराध अनुसन्धान गर्न छुट्टै ब्यूरो गठन गरिने भएको छ। आर्थिक अपराध अनुसन्धान गर्न ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्यूरो’ स्थापन गरिने भएको हो ।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र डिजीटल फरेन्सिक ल्याबलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकाश गरिने प्रहरी प्रवक्ता (डीआईजी) दान बहादुर कार्कीले जानकारी दिए।

उनले भने,‘विधि विज्ञान प्रयोगशालाको सेवा प्रदेशस्तरसम्म क्रमशः विस्तार गरिने छ।’ केन्द्रीय अनुसन्धान ब्यूरोमा शंकास्पदहरुको प्रोफाइलिङ गर्ने प्रणालीको क्षमता पनि अभिवृद्धि गरिने कार्कीले बताए ।