हिमालय बैंकले बाँकेको राप्तिसोनारी गाउँपालिकामा राहत वितरण गर्‍यो


बैकिङ्ग समाचार । 
हिमालय बैंकले बाँकेको राप्ति सोनारी गाउँपालिकामा राहत वितरण गरेको छ। 

लकडाउन सुरु भएदेखि देशका विभिन्न ठाउँमा राहत वितरण गर्दै आएको बैंकले बाँकेको उक्त गाउँपालिकमा सय घरपरिवारलाई खाद्यन्न वितरण गरेको हो। 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत वितरण गरिरहेको जानकारी दिएको छ।