काठमाडौं – सार्वजनिक खरीद अनुगमन कार्यालयले अमर–उदय सागर जे.भीसहित विभिन्न २२ वटा निर्माण व्यवसायी–आपूर्तिकर्ता (ठेकेदार) कम्पनीहरूलाई खराब सूचीमा राखेको छ। कार्यालयले ठेकेदार कम्पनीहरूलाई एक देखि दुई वर्षसम्मको लागि खराब सूचीमा राखेको हो।
कार्यालयले पाँच ठेकेदार कम्पनीहरूलाई दुई वर्षसम्म, आठ ठेकेदार कम्पनीहरूलाई एक वर्ष ६ महिनासम्म, चार ठेकेदार कम्पनीहरूलाई एक वर्ष तीन महिना र पाँच ठेकेदार कम्पनीहरूलाई एक वर्षका लागि खराब सूचीमा समावेश गरेको हो ।




About Us
प्रतिक्रिया