काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारले जथाभावी बजेट खर्च गरेर करको दुरुपयोग गरेको दावी गरेको छिन् । मंगलबार प्रतिनिधि सभा बैठकमा शुन्य समय लिएर बोल्दै उनले यस्तो दावी गरेकी हुन् ।
सांसद कार्कीले सुरुमा कार्ययोजना नबनाउँने तर असार मसान्त्मा दोहोर्याएर बजेट छुट्याई करको दुरुपयोग भएको बताइन् । उनले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएकी छिन् । सो अस्पतालमा आईसियु र डाईलासिस सेवा तत्काल सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराइन् । ‘यता, सुदूरपश्चिमको डोटी जिल्लामा भने राष्ट्रिय गौरवको योजना भनिएको खुटिया–दिपायल दु्रतमार्ग मात्र ८६ किलोमिटर पनि बर्षौदेखि बजेट अभावका कारण अलपत्र छ’, उनले भनिन् ।
प्रतिक्रिया