आज यी बैंकका यी शाखा खुला रहने, कति बजेसम्म सेवा दिन्छन् ? (विवरणसहित)


काठमाडौं– आज असार ३ गते सोमबार देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इदका अवसरमा देशभर सार्वजनिक बिदा दिएको हो। बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन् ।

सार्वजनिक बिदाको दिनपनि आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गरिरहेका हुन् । बैंकहरुले सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत सेवा प्रदान गरिरहेका छन्।