काठमाडौं – बचतकर्ताहरुको रकम अपचलन गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा सहित चार जना सञ्चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यक्ष थापासहित अन्य चारजना सञ्चालकहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सजना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन्। सहकारीका सञ्चालकबाट दुई अर्ब ८२ करोड २७ लाख रुपैयाँ अपचलन भएको बताइएको छ। उक्त सहकारीका पीडित बचतकर्ताहरुको संख्या २ हजार ३५१ रहेका छन ।
प्रतिक्रिया