काठमाडाैं – बैंक तथा वित्तीय संस्थाको ऋणीसँग उठाउनुपर्ने ऋणको ब्याज १ खर्ब ५४ अर्ब रुपैयाँ बढी रहेको छ । चालू आर्थिक वर्षको वैशाख महिनासम्म ऋणीले बैंकलाई भुक्तानी गर्नु पर्ने ब्याज बक्यौता १ खर्ब ५३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो। एक महिनाकै अवधिमा यस्तो ब्याज बक्यौता साढे १९ अर्बले थप भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले उल्लेख गरेको छ। गत चैत मसान्तसम्म बैंकहरूले ऋणीसँग उठाउनु पर्ने ब्याज बक्यौता १ खर्ब ३३ अर्ब ६० करोड रुपैयाँ थियो।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चालू वर्षको १० महिनामा सबैभन्दा धेरै ब्याज बक्यौता कुमारी बैंकमा १४ अर्ब २२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १३ अर्ब ७२ कराेड, हिमालयन बैंकको १३ अर्ब, ५ करोड, ग्लोबल आइएमई बैंकको ११ अर्ब १८ करोड रहेको छ। यसैगरी, नबिल बैंकको १० अर्ब ९७ करोड, प्रभु बैंक ९ अर्ब ३० करोड, लक्ष्मी सनराइजको ७ अर्ब ७१ करोड बाँकी रहेको छ ।
त्यस्तै, प्राइम कर्मशियल बैंकको ७ अर्ब १६ करोड, एनआइसी एशिया बैंकको ६ अर्ब ३ करोड, एनएमबि बैंकको ६ खर्ब १ करोड, राष्ट्रिय वाणिज्य बैंकको ५ अर्ब ३ करोड, कृषि विकास बैंक ४ र्ब ७८ करोड, सानिमा बैंकको ४ अर्ब ५७ करोड, नेपाल एसबिआई बैंंकको ४ खर्ब १२ करोड, सिद्धार्थ बैंकको ३ अर्ब ९० करोड, माछापुच्छ्रे बैंककाे ३ अर्ब १७ करोड, सिटिजन बैंकको २ अर्ब ९४ करोड, एभरेष्ट बैंकको २ अर्ब ४९ करोड रहेको छ । यसैगरी सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर बैंकको ९६ करोड रुपैयाँ रहेको छ।



About Us
प्रतिक्रिया