काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ २५ गते देखि लिलामीमा ल्याएको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयरमा आवेदन दिने आज (जेठ ३१ गते) अन्तिम दिन रहेको छ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि घटीमा दुई लाख र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन फाराम काठमाडौंको लेखनाथमार्गस्थित बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा बुझाउनु पर्नेछ । शेयर खरिदका लागि आज अपरान्ह ३ बजेसम्म मात्र आवेदन दिन सकिनेछ।



About Us
प्रतिक्रिया