काठमाडौं – कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा असार १९ गते बस्ने भएको छ। जेठ ३० गते बसेको बैंकको सञ्चालक समिति बैठकले आगामी असार १९ गते कम्पनीको १६औं वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो। सभा वीरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे आयोजना हुनेछ।
उक्त सभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।
सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।



About Us
प्रतिक्रिया