सरकारले जारी गरेकाे १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारले जारी गरेकाे १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत


काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका विकास ऋणपत्र सूचीकृत भएको छ। नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्काशन गरेका रू. ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी ०८०३२०८९ ९२०८९०३० र रू. १० अर्बको ‘एनपीडीबी०६०५२०८७ ९२०८७०५० नेप्सेमा सूचीकृत भएका हुन्।

एनपीडीबी ०८०३२०८९ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशलमव ३९ प्रतिशत रहेको छ। २०८१ बैंशाख २० गतेसम्म निष्काशन भएका विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यस ऋणपत्रको भुक्तानी मिति २०८९ बैशाख २० गते रहेको छ।

एनपीडीबी ०६०५२०८७ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५ दशमलव १७ प्रतिशत रहेको छ। २०८१ जेठ ७ गते सम्म निष्काशन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएको हो। यस ऋणपत्रको भुक्तानी मिति २०८७ जेठ ७ गते रहेको जनाएको छ।