काठमाडौं – आज दिउँसो बैंकहरुको अनलाइन सेवा बन्द हुने भएको छ। भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेले डेटा अपग्रेड गर्न लागेकोले बैंकहरुको अनलाइन सेवा अवरुद्ध हुने भएको हो।
सोमबार(आज) दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन्। ५ बजेपछि भने अनलाइन सेवा पुनःसञ्चालनमा आउने छन्।



About Us
प्रतिक्रिया