कान्तिपुर सेभिङका अध्यक्ष सीबी लामा कारागार चलान


काठमाडौं –  सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर तामाङ (सीबी लामा)  पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले कान्तिपुर सेभिङका पूर्व अध्यक्ष लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागारमा राखिएको छ। लामालाई १८ जेठमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले चितवनबाट पक्राउ गरेको थियो।