नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा सावित्री क्षेत्री चयन

नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा सावित्री क्षेत्री चयन


काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा सावित्री खत्री क्षेत्री लामिछाने छनौट भएकी छन्। कम्पनीको गत जेठ २५ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभा पश्चात बसेको सञ्चालक समितिको पहिलो बैठकले अध्यक्षमा उनलाई चयन गरेको हो।

अध्यक्षसँगै सभाले स्थापक शेयरधनीबाट चार जना सञ्चालक चयन गरेको छ। चयन हुने चार जना सञ्चालकमध्ये संगठित संस्था नेष्डो नेपालको तर्फवाट सावित्री खत्री क्षेत्री लामिछाने, निर्मला क्षेत्री र रेशम बहादुर खत्री साथै अन्य संस्थापक सदस्यहरुको तर्फबाट रत्न प्रसाद अधिकारी रहेका छन्।