नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा


काठमाडौं – नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा चयन  भएका  छन् । २४६औँ सञ्चालक समितिको बैठकले विश्रुत थापालाई अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष थापाले डेपुटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको शपथ ग्रहण गरेका छन्।

 केन्द्रीय बैंकको विभिन्न विभागमा २१ वर्षभन्दा बढी काम गरेको अनुभव रहेका थापा चार्टर्ड एकाउन्टेन्ट हुन् ।