१५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्दै नेपाल लाइफ क्यापिटल


काठमाडाैं –  नेपाल लाइफ क्यापिटलले २९ कराेड रूपैयाँ बढीकाे हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १ः ०.५ अनुपातमा २९ करोड ९९ लाख ३ हजार ६०० रुपैयाँको १४ लाख ९९ हजार ५ सय १८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

साे शेयरमा जेठ २५ गतेसम्म कायम शेयरयरधनीले मात्र आवेदन दिन सक्नेछन्। शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएकाे छ।

शेयरमा आवेदन दिन चाहने इच्छुकले असार ११ गतेदेखि असार २५ गतेसम्म कम्पनीको कारोबार कार्यालयमा पेश गर्ने सक्नेछन्। साथै, तोकिएको समयभित्र आवेदन नपरेको खण्डमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएकाे छ।