काठमाडौं – आज देखि एक सातासम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि बिजुली कटौती गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
आज (जेठ २७) गतेदेखि एक साता (असार १) गतेसम्म बिजुली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ । प्राधिकरणका अनुसार आज जोरपाटी फिडरअन्तर्गत मूलपानी पिपलबोट देखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
त्यसैगरी, सोमबार रोपवे र मच्छेगाउँ फिडरअन्तर्गतको नगाउँ क्षेत्र, मंगलबार थानकोट फिडर अन्तर्गत पर्ने नैकापदेखि बल्खु पुलसम्मको क्षेत्रमा बिजुली कटौती हुनेछ। बुधबार कीर्तिपुर फिडरअन्तर्गत पाँगा सडक क्षेत्र, शुक्रबार बलम्बु फिडरअन्तर्गत गुर्जुधारा र सतुंगल क्षेत्र तथा शनिबार मूलपानी फिडरअन्तर्गत पर्ने फिकल चोकदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ।



About Us
प्रतिक्रिया