प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलामीमा


काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर जोकोहीले किन्न पाउने गरी लिलामीमा ल्याएको हो। उक्त शेयर जेठ २५ गते देखि लिलामी बिक्रीमा ल्याइएकाे हाे।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ। खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल गर्दा न्यूनतम दुई लाख कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र फाराम बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा पेश गर्नु पर्नेछ। बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ। बोलपत्र पेश गर्ने अन्तिम मिति जेठ ३१ गते अपरान्ह ३ बजेसम्म रहेको छ।