काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
यो अहिलेसम्मकै उच्च हो। यसअघि बिहीबार सुन तोलाको १ लाख ४४ हजार कायम हुँदै रेकर्ड बनाएको थियो। शुक्रबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३ सय रूपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य पनि तोलामा ५० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया