काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन तोलामा १८ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया