सिटिजन्स बैंकको चार हजार संस्थापक शेयर बिक्रीमा



काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको चार हजार ४४०.६७ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यस्तै, म्याद व्यतित भए पश्चात् सो शेयर सर्वसाधारणलाई बिक्रीको लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।