यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ र बिक्री दर १७० रुपैयाँ ७० पैसामा झरेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ रहेकाे केन्द्रीय बैंकले जनाएकाे छ।