काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले लगानीयोग्य रकमलाई उपयोग गर्न सघाउ पुग्ने गरी मौद्रिक नीति जारी गर्ने दावी गरेका छन्। पुनले गत जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै यस्तो बताएका हुन्। उनले नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएको बताएका छन्।
जेठ २० गतेदेखि संसदमा बजेटमाथिको छलफल सुरु भएको थियो। छलफलमा पूर्वअर्थमन्त्रीहरु प्रकाशशरण महत, विष्णु पौडेलसहित ७८ सांसदहरुले प्रश्न गरेका थिए। बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्री पुनले सांसदहरुले राखेको प्रश्नको जवाफ दिएका हुन्। जवाफ दिँदै अर्थमन्त्री पुनले विभिन्न पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचान गरी सोको कार्यान्वयनबाट बजेटले लिएको लक्ष्य हाँसिल हुने विश्वास लिएको उल्लेख गरेका छन्।
यस्ताे छ सांसदहरूले साेधेका प्रश्न र अर्थमन्त्रीले दिएकाे जवाफ सहितकाे पूर्णपाठ :
प्रतिक्रिया