हिमालयन लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त


काठमाडाैं – हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त भएको छ। संस्थाले यही साउन १ गतेदेखि लागू हुने गरी हिमालयन क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो। अब हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य तीन वर्षसम्म हिमालयन क्यापिटल मार्फत हुनेछ।

कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु अब हिमालयन क्यापिटलबाट हुनेछन्।