मौसम बिग्रिएपछि सिचुआन एयरलाइन्स ल्हासा  डाईभट


काठमाडौं – वर्षातसहितको हावाहुरीले  त्रिभुवन विमानस्थलमा  आन्तरिक  तथा बाह्य उडान प्रभावित भएको छ। अहिले काठमाडौं विमानस्थलबाट बाहिरिने र भित्रने कुनै पनि वायुसेवाको उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभास झाले बैकिङ्ग समाचारलाई बताएका छन् । बदलिँदो मौसमका कारण  चीनबाट आएको सिचुआन एयरलाइन्स ल्हासा  डाईभट भएको छ। 

झाका  अनुसार साढे ११ बजेदेखि हुन नसकेको उडान पानी रोकिएपछि पुन सुरु हुनेछ। मौसम बिग्रिएकाले काठमाडौंबाट कुनै पनि जहाज बाहिर जान सकेका छैनन् भने बाहिरका पनि काठमाडौं आउन सेकेको छैन ।