कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन


काठमाडाैं – कुमारी बैंक लिमिटेडले लिलामीमा ल्याएको संस्थापक शेयर खरिदकाे लागि आवेदन दिने मंगलबार अन्तिम दिन रहेकाे छ। बैंकले सर्वसाधरणले खरिद गर्न पाउने गरी जेठ १४ गतेदेखि १० लाख कित्ता शेयर लिलामीमा राखेकाे हाे।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम एक लाख कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

शेयर खरिद गर्न इच्छुकले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत कबोल गरी बिक्री प्रबन्धक कुमारी क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र आजसम्म पेश गर्नुपर्नेछ।