नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। संस्थाले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको सात हजार ३१२ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

संस्थाले यसअघि संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको थियो। तर संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।