मंगलबार पनि बढ्यो सुन–चाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १८ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १९ सय २० रूपैयाँमा कारोबार भइरहको छ ।