काठमाडौं– पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट गत फागुन १५ गते स्वीकृति पाइसकेको छ।
अब कम्पनीले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनुपर्नेछ। कम्पनीको हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात, ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद पश्चात यसको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।
आयोगको अनुमतिपछि वार्षिक साधारण सभामार्फत स्वीकृति प्रदान भएको हकप्रद शेयर निष्कासनका लागि अब प्रक्रिया अघि बढ्ने बाटो खुला भएको छ।



About Us
प्रतिक्रिया