काठमाडौं–फोनपे भारतले भारतले आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमले, बैंकिङ्ग क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू(युपीआई) भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ। उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक फाेनपेले समर्थन गरेको थियो । जो नेपाल–भारत क्रस बोर्डर युपीआइ अन्तरआवद्दताका लागि यनआईपी यलको काउन्टर पार्टी पनि हो।
उक्त कार्यक्रममा फोन पे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआई को सम्भावनाको बारेमा बिशेष सम्बोधन गरेका थिए । यसको साथसाथै कार्यक्रममा, नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो।
उक्त प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा ( आइटी एमआइसकन्सल्टेन्ट्) एसियाली विकास बैंक (एडीबी) जस्ता प्रतिष्ठित प्यानल सदस्यहरु थिए । उक्त प्यानल छलफलमा, क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावका साथै अन्तर्राष्ट्रिय लेनदेन सहजीकरणमा नियामक अवरोधहरू र अनुपालन मागहरूको बिषयमा चर्चाहरु भएका थिए ।

सुविधाजनक नगदरहित भुक्तानीहरू मार्फत, नेपालको पर्यटन क्षेत्रमा यपीआईको सकारात्मक प्रभावलाई सदुपयोग गर्दै, कसरी समग्र पर्यटकहरुको अनुभवलाई बृदि गर्न सकिन्छ भन्ने बारे प्यानलका सदस्यहरुद्वारा छलफल भएको थियो । यसका साथै , क्रस बोर्डर भुक्तानीहरूले वित्तीय संस्थाहरूको राजस्व प्रवाह र व्यापार मोडललाई कसरी प्रभाव पार्छ भन्ने बारेमा पनि थप अध्ययन भएको थियो। प्यानल सदस्यहरुले सुविधा, अन्तरआवद्दता, सुरक्षा र लागत–प्रभावकारिता जस्ता पक्षहरूमा ध्यान केन्द्रित गर्दै नेपालमा उपभोक्ताका अनुभवमा युपीआईको प्रभाव बारे छलफल गरे। सेवा नपुगेका साना र मझौला उद्यमीहरूलाई प्रभाव पार्ने वैकल्पिक भुक्तानी विधिहरू मार्फत क्रस बोर्डर भुक्तानीहरूको बृहत् आर्थिक प्रभावहरूको बारेमा पनि उक्त छलफल बाट बाहिर आयो ।
उक्त कार्यक्रमको निरन्तरताको रुपमा फोनपेका कार्यकारी अधिकृत रितेश पाईद्वारा सेवा प्रदर्सनी भएको थियो, जसमा फोनपेको समग्र यात्रा समाबेश गरिएको थियो। उनको प्रस्तुति, युपीआईद्वारा संचालित फोनपेले कसरी भारत भरि भुक्तानीलाई सबै वर्ग माझ एक समान अगाडि बढाएको र एक सम्पन्न प्रणालीलाई बढावा दिदै आएको छ भन्ने बारेमा पनि थियो।सो प्रस्तुतिमा भारतीय पर्यटक र नेपाली व्यापारी दुवैलाई फाइदा हुने समाधानलाई उजागर गरिएको थियो। भारतीय बजारको सफलताको कथासँग समानान्तर चित्रण गर्दै, फोनपेले यो सफलतालाई नेपालमा कसरी दोहोर्याउन सक्छ भन्ने चित्रण गरेको थियो।
नेपाल भारतीय पर्यटकहरु बीचमा धेरै लोकप्रिय गन्तव्य हो । पर्यटकहरुले अब विभिन्न पर्यटक स्थलहरू, खुद्रा स्टोरहरू, धार्मिक स्थलहरू र अन्य लोकप्रिय स्थानहरूमा भुक्तानी गर्न युपी।आई प्रयोग गर्न सक्छन्। प्रयोगकर्ताहरूले नेपालमा फोनपे क्युआरमा दर्ता भएका व्यवसायिक स्थानहरूमा युपीआई सक्षम एपबाट क्युआर कोडहरू सजिलै स्क्यान गर्न सक्नेछन् । यो सेवा फोनपेको यनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडसँगको साझेदारी मार्फत सहजीकरण गरिएको हो। यस साझेदारी मार्फत फोनपेले, भुक्तानी सेवा प्रदायकहरू, अग्रणी बैंकहरू र वालेटहरूमा क्युआर कोडमा आधारित भुक्तानीहरूलाई सक्षम बनाएको छ र भारतीय यात्रुहरूलाई लेनदेनको लागि यु।पी।आई प्रयोग गर्न सुबिधा दिएको छ।
अब छिट्टै नेपालबाट भारत भ्रमण गर्ने पर्यटकहरुले पनि युपीआई क्युआर कोड स्क्यान गर्न, वालेटमा आधारित एपहरू जस्ता वित्तीय साधनहरू प्रयोग गरी सजिलै भुक्तान गर्न मिल्ने छ ।फोनपेका प्रमुख कार्यकारी अधिकृत पाइले भने,‘हामी नेपालमा युपीआई प्लेटफर्मद्वारा सञ्चालित सेवाहरू संचालन गर्न पाउँदा हर्षित छौं। यस समारोहले फोनपे लगायत नेपालको वित्तीय क्षेत्र का प्रमुख सेवा प्रदायकहरु, प्रमुख व्यावसायिक व्यक्तित्वहरू र पर्यटनका प्रतिनिधिहरूलाई एकसाथ ल्याएको छ र नेपालमा यु।पी।आई को सफलताको लागि यो एकताबद्ध भावनाको पनि प्रमाण हो जस प्रति हामी निकै आभारी छौं । भारतीय यात्रुहरुको लागि नेपाल एक प्रसिद्ध पर्यटकीय गन्तब्य हो । युपीआई को साथमा अब भारतीय नागरिकहरुले आफ्नो देशमा झैँ नेपालमा पनि नगदरहित भुक्तानीको अनुभव लिन सक्नु हुनेछ। यसले उहाँहरुको यात्राको अनुभवलाई बढाउनुको साथसाथै डिजिटल लेनदेनलाई पनि प्रोत्साहन दिन्छ’।
कार्यक्रममा यनपीसीआईका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भने ‘हामीले नेपालमा क्युआर कोडमाआधारित व्यक्तिदेखि–व्यापारी युपीआई लेनदेन सुरु गर्न फाेनसँग साझेदारी गरेका छौं। क्युआर भुक्तानीको सन्दर्भमा बजारमा फानेपेको बृहद बजार हिस्सा भएकोले आज देशभर क्युआरबाट भुक्तानी लिने गरेको पाइनछ र यसको लाभ भारतीय उपभोक्ताहरुले उठाउन सक्नु हुन्छ। भारतीय उपभोक्ताहरूले आफुलाई उपयुक्त लाग्ने युपीआई सक्षम एपहरू प्रयोग गरेर नेपालभर तत्काल, सुरक्षित र सुविधाजनक भुक्तानीहरू गर्न मिल्ने भएको छ । हामी हाम्रा साझेदारहरूले, इकोसिस्टम भित्र रहेर वित्तीय चेतना जगाउन, युपीआई को प्रयोग बढाउन, दुई राष्ट्रहरू बीच वाणिज्य र पर्यटन वृद्धि गर्न हातेमालो गरिरहेको देख्न पाउँदा निकै खुसी छौं’।
कार्यक्रमलाई सम्बोधन गर्दै फोनपेका कार्यकारी अधिकृत दिवस सापकोटाकाले भने,‘यो फोनपेको लागि अत्यन्तै गौरव र खुसिको क्षण हो। नेपालमा क्रस बोडर भुक्तानी ल्याउने हाम्रो ४ वर्षको यात्रा अन्ततः सफल भएको छ र युपीआई भुक्तानी नेपालमा लाइभ भएको छ। हामीले यनपीसीइन्टरनेशनलसँगको साझेदारीमा युपीआई भुक्तानीहरूलाई परिचय गराउँदा र फोनपेलाई नेपालमा स्वागत गर्दै गर्दा, आउने दिनहरुमा यस कदमले सहज डिजिटल कारोबार, आर्थिक वृद्धि, वित्तीय समावेशीकरण र व्यापार व्यवसायहरूलाई थप फाइदा पुर्याउने छ भन्ने कुरामा बिस्वस्त छौ। हामी नियामकहरू र सरकारी निकायहरूलाई उहाँहरुको अमूल्य सहयोग संगै नयाँ आविष्कारहरूलाई साथ दिनुभएकोमा र डिजिटल रूपान्तरणतर्फ नेपालको यात्रालाई सहज गर्न निजी क्षेत्रका प्रयासहरूलाई समर्थन गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं। आभारको साथ साथै, नयाँ आविष्कारहरूलाई थप समर्थन गर्न प्राविधिक विकासमा निजी क्षेत्रसँगको साझेदारीलाई प्रवर्द्धन गर्न र नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक सेवाहरू ल्याउने वातावरणको विकास गर्न हामी नियामक तथा अधिकारीहरूलाई आग्रह पनि गर्दछौं।



About Us
प्रतिक्रिया