नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले २० लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको २० लाख ७३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद आवेदन दिन पाउनेछन् । खरिदकर्ताले प्रचलित बजार मूल्यअनुसार प्रतिकित्ता न्यूनतम १८१ रुपियाँका दरले कम्तीमा पाँच हजार कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय वा थापाथलीस्थित नेपला पुनर्बीमा कम्पनीमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिनुपर्नेछ ।