भारतीय शेयर बजारलाई कारोनाले छोएनः९५ को सुधार, लगानीकर्ताको सम्पत्ती ८ लाख करोडले बढ्यो

भारतीय शेयर बजारलाई कारोनाले छोएनः९५ को सुधार, लगानीकर्ताको सम्पत्ती ८ लाख करोडले बढ्यो


एजेन्सी, 

कोरोनाका कारण आर्थिक कारोबार बन्द हुँदा पनि भारतीय शेयर बजारमा सुधार आएको छ ।  भारत सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गरेको भएपनि शेयर बजारमा भने उच्च अंकको सुधार देखिएको हो ।

तीन बन्द भएपछि मंगलबार खुलेको भारतीय शेयर बजार करिब ९ प्रतिशतले बढेको छ । शेयर बजार सूचकहरु ९ प्रतिशतले बढ्दा लगानीकर्ताको सम्पत्तीमा पनि ८ लाख करोड भारतीय रुपैयाँले वृद्धि भएको हो ।

सोमबार अमेरिकी शेयर बजारमा पनि उच्च अंकको सुधार आएको थियो । सोमबार अमेरिकी शेयर बजार परिसूचक ७।७३ प्रतिशत अर्थात १६२७.४६ अंकले वढेर २२६७९.९९ अंकमा पुगेको छ । एस एण्ड पी ५०० सूचक १७५.०३ अर्थात ७.०३ प्रतिशतले वढेर २६६३.६८ अंकमा पुगेको छ ।

त्यसैगरी नासड्याक पनि ५४०.१५ अर्थात ७.३३ प्रतिशतले बढेर ७९१३।२४ अंकले वढेको छ । मंगलबार एसियन शेयर बजारमा पनि उच्च अंकको सुधार देखिएको छ । त्यसको समग्र सकारात्मक प्रभाव भारतीय शेयर बजारमा पनि देखिएको हो ।

मंगलबार कारोबार सुरु भएदेखि बढ्न थालेको भारतीय शेयर बजार बन्द हुदाँ सम्म कायम रह्यो । मंगलबार शेयर बजारमा ९९०० करोड भारतीय रुपैयाँ नयाँ लगानी आउन सक्ने हल्लाका कारण पनि लगानीकर्ताको मनोवलमा सुधार आएको हो ।

मंगलबार नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी ७०८.४० अंकले अर्थात ८.७६ प्रतिशतले वढेर ८७९२.२० को विन्दुमा पुगेको छ । त्यसैगरी बम्बई स्टक एक्सचेन्ज परिसूचक सेनसेक्स पनि २४७६.२६ अर्थात ८.९७ प्रतिशतले वढेर ३००६७.२१ अंकमा पुगेको छ ।